पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

लामिछाने बिहीबार सिपिएलका लागि प्रस्थान गर्ने

काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले यस संस्करणको क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्ने बिहिबार जाने भएका छन् । सिपिएल भदौ २ देखि २५ (अगष्ट १८– सेप्टेम्बर १०) सम्म ट्रीनिडाड एन्ड टोबेगोमा हुँदैछ ।

सन्दीपको व्यवस्थापन हेर्दै आएका रमन शिवाकोटीका अनुसार सन्दीप बिहिबार १० बजे विहान कोरियन एरलायन्सको चार्टर्ड उडानबाट अमेरिका हुँदै शनिबार सम्म वेस्टइन्डिजको सिपिएल आयोजना हुने स्थानमा पुगिसक्ने छन् । 

सन्दीप १४ दिन क्वारेन्टाइनमा बस्ने छन् । रमनले कठिन समयमा सम्भव बनाउन प्रयास गर्ने सबैलाई धन्यावाद समेत प्रदान गरेका छन् । मंगलबार कोरोना परिक्षण गराएका सन्दीपको रिपोर्ट नेगेटिभ आएसँगै उनी जाने भएका हुन् । 

यस सिजन सन्दीपले जमैका तलावाजबाट खेल्ने छन् । उनी तेस्रो सिजन सीपीएल खेल्न लागेका हुन् ।

लामिछानेले त्रिवि क्रिकेट मैदानमा काम गर्दै आएका कर्मचारीलाई एक लाख आर्थिक सहयोग गर्ने बताएका छन् ।

कोरोना भाईरसले प्रभावित गरेको भन्दै सन्दीपले त्रिवि मैदानका कर्मचारीलाई एक लाख सहयोग गर्ने घोषणा गरेका हुन् । 

क्यारेबियन प्रिमियर लिग (सीपीएल) का लागि वेष्ट इन्डिज प्रस्थान गर्नु अघि बुधबार आयोजना गरिएको पत्रकार सम्मेलनमा सन्दीपले आर्थिक सहयोगको घोषणा गरेका हुन् ।