पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

वीरगञ्जमा थप एक जना कोरोना संक्रमितको मृत्यु

radionepal

ध्रुव अधिकारी, वीरगञ्ज । वीरगञ्जमा आज थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । नारायणी अस्पतालको अस्थायी कोभिड गण्डक अस्पतालमा उपचाररत वीरगञ्ज महानगरपालिका वडा नं. ५ रेशमकोठी निवासी होटल व्यवसायी ६८ वर्षीय सुनिल विश्वासको उपचारको क्रममा आज दिउँसो मृत्यु भएको अस्थायी कोभिड अस्पताल गण्डकका प्रमुख चिकित्सक डा.निरज सिंहले जानकारी दिनुभयो ।

विगत ६ दिनदेखि अस्थायी कोभिड गण्डक अस्पतालको आइसोलेसनमा उपचार गराइरहेका होटल व्यवसायी सुनिल विश्वास मुटु रोगी रहेको र उनलाई ४ दिन देखि अस्पतालको आईसियु कक्षमा राखिएको डा. सिंहले बताउनुभयो । 

मृतकको शव व्यवस्थापनको लागि नेपाली सेनालाई जिम्मा लगाइएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले बताउनुभयो । 

पर्सामा विगत एक साता यता एक भारतीय नागरिक सहित ५ जना कोरोना संक्रमितको मृत्यु भएको डा. उपाध्यायले बताउनुभयो । 

अस्थायी कोभिड गण्डक अस्पतालको आईसियुमा अझै ४ जना संक्रमितको अवस्था गम्भीर रहेको र उनीहरुको आईसियुमा उपचार भई रहेको डा. निरज सिंहले बताउनुभयो ।