पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

उपत्यका प्रवेश गर्नेको कोरोना परीक्षण गरिने

केशव ढुंगाना । काठमाडौ उपत्यकामा संक्रमणको दर बढ्न थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यका प्रवेश गर्ने व्यक्तिको कोरोना परीक्षण गर्न लागेको छ । 

मन्त्रालयको आजको नियमित प्रेस व्रिफिङममा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले फर्पिङ्, नागढुंगा र साँगा बाट आज मात्रै ४ हजार भन्दा बढी नमूना संकलन गरिएको जानकारी दिनुभयो । 

मन्त्रालयले कोरोना संक्रमणको जोखिम कायमै रहेको हुनाले कार्यालय परिसर भित्र प्रवेश गर्ने सबैको ज्वारो जाँच गर्ने, नाक र मुख छोपिने गरी मास्कको अनिवर्य प्रयोग गर्ने, बैठक तथा तालिममा १५ जना भन्दा बढीलाई सहभागि नगराउने लगायतका सतर्कता अपनाउन समेत आग्रह गरेको छ ।