पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

सोमबारदेखि मनसुन पुनःसक्रिय हुने

radionepal

काठमाडौं । भोली रातिदेखि मनसुन पुनःसक्रिय हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

भोली रातिदेखि मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक रहने भएकाले फेरि मनसुन सक्रिय हुने मौसमविद् मञ्जु बासीले बताउनुभयो ।

भोलीदेखि अरब सागरबाट समेत पर्याप्त जलवाष्पयुक्त हावा नेपाल भित्रिने सम्भावना रहेको र न्यूनचापीय रेखा नेपाल नजिक आउने भएकाले भारी वर्षाको सम्भावना समेत रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

नदीमा पानीको बहाव बढ्ने र पहाडमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल–पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुनसक्ने भएकाले महाशाखाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।