पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

बिपी माटोको स्पन्दन बुझ्ने राजनेताः पूर्वराष्ट्रपति डा यादव

radionepal

अच्युत अर्याल, काठमाडौं । पूर्व राष्ट्रपति डा. रामवरण यादवले बिपी कोइराला विश्व परिवेशका साथै माटोको स्पन्दन बुझ्ने राजनेताका रुपमा स्थापित हुनुभएको बताउनुभएको छ ।

बिपी कोइरालाको ३८ औँ स्मृति दिवसका अवसरमा हरेकपल डट कमले ‘बिपी विमर्शका बहुआयाम’ विषयमा करिब दुई महिनासम्म गर्ने संवाद, बहस र विमर्श कार्यक्रमको आज शुभारम्भ गर्नुहुँदै पूर्व राष्ट्रपति डा. यादवले नेपालका सन्दर्भमा राष्ट्रियता, लोकतन्त्र र समाजवादको परिभाषा गर्ने पहिलो भाष्यकार बिपी भएको बताउनुभयो ।

बिपीका कतिपय आयामको अध्ययन हुनै बाँकी रहेको उल्लेख गर्नुहुँदै यादवले  उहाँको पुनर्पठन र पुनर्मूल्याङ्कनको पनि उत्तिकै आवश्यकता रहेको औँल्याउनुभयो ।

हरेकपल डट कमका प्रधान सम्पादक पुरुषोत्तम दाहालले बिपी अहिले पनि उत्तिकै सान्दर्भिक रहेको र भोलिका दिनमा पनि उहाँका विचार ताजगी लाग्ने बताउनुभयो । 

कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका पूर्व उपकुलपति प्रा. डा. कुलप्रसाद कोइराला, साहित्यकार मञ्जु काँचुली, समालोचक ज्ञानु पाण्ड, विपीन शर्मा लगायतले बिपीको योगदानको चर्चा गर्नुभयो ।