पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

नेप्से परिसूचक एक हजार ३४७.४४ बिन्दुमा

काठमाडौं । नेपाली धितोपत्र बजारको शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार ५.०४ अङ्कले बढेर एक हजार ३४७.४४ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.९५ ले वृद्धि भई २४८.१८ मा पुगेको छ । 

नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार कुल १८६ कम्पनीका २५ लाख ६८ हजार १२४ कित्ता शेयरहरु ९९ करोड ४५ लाख ४५ हजार १०९ मा किनबेच भउका छन् । कारोबार भएका कूल १२ मध्ये पाँच समूहको शेयरमा वृद्धि भएको छ भने सात समूहको शेयर ओलारो लागेको छ । 

मंगलबार कारोबारका आधारमा पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रह्यो । सो कम्पनीको शेयर ११ करोड १० लाख १२ हजार २४३ बराबरको कारोबार भयो । 

मंगलबार सबैभन्दा बढी एनआइसी एसिया ब्यालेन्स फण्ड र एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाका शेयरधनीले १०/१० प्रतिशतले कमाएका छन् ।