पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

प्रदेश १ बाट मंगलबार ३८ जना डिस्चार्ज 

अशिष कुमार यादव, सुनसरी । प्रदेश १ बाट मंगलबार ३८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । 

कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट १३ महिला र ६ पुरुष कोभिड १९ आईसोलेसन केन्द्र चौदण्डीगढी उदयपुरबाट ६ महिला र ७ पुरुष र पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन अस्पताल गोठगाउँबाट ६ पुरुष डिस्चार्ज भएको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

डिस्चार्ज भएकामा मोरङका १६, उदयपुरका १३, सुनसरीका २, झापाका ५, इलामका १ र पाँचथरका १ जना रहेको छन् । योसँगै प्रदेशमा डिस्चार्ज हुनेको संख्या ६४२ पुगेको छ ।

प्रदेश १ मा मंगलबार ६ जना कोरोना संक्रमित थपिएका छन् । धनकुटामा ३, झापा १, सुनसरीमा १ र तेह्रथुममा १ जनामा कोरोना संक्रमण देखिएको हो ।