पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

क्षतिको अनुगमन गर्न प्रदेश २ मा मन्त्रीस्तरीय समिति गठन

radionepal

अजय कुमार झा, जनकपुरधाम । प्रदेश नंं २ का सरकारले हालैको वर्षा र बाढीबाट विभिन्न जिल्लाहरुमा भएको भौतिक एवं अन्य प्रकारको क्षतिको अनुगमन गरि राहत सहितको अन्य व्यवस्थापन गर्न मन्त्री स्तरीय तीन सदस्यीय समिति गठन गरेकोे छ ।

मन्त्री परिषदको आज सम्पन्न बैठकले भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलको संयोजकत्वमा आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादव र उद्योग, पर्यटन, वन वातावरणमन्त्री राम नरेश राय सदस्य रहने गरी तीन सदस्यीय समिति गठन गरेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री यादवले जानकारी दिनु भयो ।

उक्त समितिले प्रदेशको सवै जिल्लाहरुको स्थलगत अनुगमन गरेर बाढीले भएको कटान तथा अन्य प्रकारको क्षतिको अनगुगमन गरेर नदी नियन्त्रण सहितको कामकाजका लागि पहल गर्ने निर्णय पनि गरेको छ ।

मुख्यमन्त्री लालबाबु राउत, भौतिक पूर्वाधार तथा विकासमन्त्री जितेन्द्र सोनल, आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र कुमार यादवले विभिन्न जिल्लाको हिजो तथा आज प्राविधिक सहित विभिन्न जिल्लाको स्थलगत अनुगमन गरेर समस्याको बारेमा जानकारी लिनु भएको छ ।

उक्त समितिले वास्तविक अवस्थाको बारेमा अनुगमन गरेर प्रदेश सरकारमा शिफारिस गरेपछि नदी नियन्त्रण तथा मरम्मतको काम भौतिक पूर्वाधार तथा विकास मन्त्रालय मार्फत तथा राहतको काम आन्तरिक मामिला तथा कानूनमन्त्रालय मार्फत जनताको घर दैलोमा दिने निर्णय गरेको छ । 

यो काम विपत व्यवस्थापन समिति मार्फत नै हुने सरकारका प्रवक्ता यादवले जानकारी दिनु भयो ।  

यसै प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकले लेखा सम्बन्धि पारिश्रमितक र सुविधाहरु सम्बन्धि प्रदेश खर्चमापदण्ड निर्देशिका २०७७ स्वीकृत गरेको छ । 

यसैगरी, प्रदेश सरकारले चाडै वातावरण सम्बन्धि ऐन बनाउनका लागि प्रदेश सरकारका उद्योग, पर्यटन वन तथा वातावण मन्त्रालयलाई सैद्धान्तिक सहमति दिने निर्णय गरेको छ ।