पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

‘सोती घटनाको अध्ययन गरी कार्यान्वनमा लगिने’

केशव ढुंगाना । सभामुख अग्नीप्रसाद सापकोटाले सोती घटनाको अध्ययन गरी कार्यान्वनमा लैजाने बताउनुभएको छ । 

संसदीय छानविन समितिले आज बुझाएको सोती घटनाको प्रतिवेदन बुझ्नुहुँदै सभामुख सापकोटाले रूकुम पश्मिको चौरजाहारी नगरपालिका सोतीमा जेठ १० गते घटेको घटनाको प्रतिवेदन अध्ययन गरी कार्यान्वयनमा लैजाने बताउनुभयो । 

घटनाको अध्ययनका लागि समितिलाई दिईएको समय असार ३१ गते सकिने र अहिले संसद नचलेको हुनाले समामुख समक्ष प्रतिवेदन बुझाएको समितिका संयोजक सांसद देवेन्द्र पौडेलले बताउनुभयो । 

समितिले घटना स्थलको अवलोकन, घटनाका घाईते, मृतक तथा घाईतेका आफन्त, स्थानीय जनप्रतिनिधी एवं विज्ञ–विशेषज्ञ संगको छलफल, प्रहरीको अध्ययन प्रतिवेदनका आधारमा सर्वसम्मत रूपमा प्रतिवेदन तयार पारेको समितिका संयोजक पौडेलले जानकारी दिनुभयो । 

घटनाको मूल कारण अन्तरजातीय प्रेम सम्बन्ध र जातीय विभेद रहेको समितिको प्रतिवेदनको निष्कर्ष रहेको छ ।