पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

कोशी ब्यारेजमा पानीको बहाव घट्न थाल्यो

radionepal

अशिष कुमार यादव, सुनसरी । सुनसरीको सप्तकोशी नदीमा पानीकोे बहाव घट्न थालेको छ ।  

कोशी ब्यारेज कन्ट्रोल मका अनुसार कोशी व्यारेज कन्ट्रोल रुमले बिहान २ लाख ७५ हजार क्यूसेक प्रतिसेकेण्ड पुगेको बहाव साँझ ६ बजेको मापन अनुसार घटेर २ लाख ३२ हजार ९५ क्यूसेकमा झरेको छ । 

अहिले ३३ वटा ढोका खोलिएका छन् ।

बाढी मापन केन्द्र चतराका अनुसार यतिबेला पानीको तह ५ दशमलव ३४ मिटरमा छ । 

सुनसरीका प्रहरी प्रमुख कमल थापाले आत्तिनुपर्ने अवस्था नरहेको भन्दै सम्भावित विपतलाई मध्यनजर गर्दै सावधानी सहितको पूर्वतयारी अपनाइएको बताउनुभयो ।