पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

‘अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि काँग्रेस प्रतिबद्ध’

राजेन्द्र विक्रम शाही । नेपाली काँग्रेसका सह–महामन्त्री डा. प्रकाशशरण महतले श्रमजीवी पत्रकारको अधिकार र अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि काँग्रेस प्रतिवद्ध रहेको बताउनु भएको छ ।

नेपाल प्रेस युनियनद्धारा आज काठमाडौंमा आयोजित कार्यक्रममा सह–महामन्त्री डा. महतले कोरोना महामारी र विपद्को समयमा आग्रमोर्चामा रहेर जनतालाई सुसुचित गर्ने पत्रकारको पेशागत सुरक्षाप्रति सम्बन्धित संचारगहृ र राज्य गम्भिर बन्नुपर्ने बताउनुभयो ।

उहाँले जनताको पिडामा सरकार संवेदनशिल बन्नुपर्ने भन्दै संकटको सामना गर्न सबैपक्ष जिम्मेवार बन्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले श्रमजीवीको पेशागत सुरक्षाका लागि युनियन निरन्तर लागिरहने बताउनुभयो ।

नेपाल पत्रकार महासंघमा महासचिव रमेश विष्टले श्रमजीवि पत्रकारको अधिकारका लागि चरणवद्ध आन्दोलन गर्ने बताउनुभयोे ।