पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

बझाङमा दुई बालक खोलामा बेपत्ता 

जगदीश रोकाया, बझाङ । बझाङको कालंगा खोलामा दुई जना बालक बेपत्ता भएका छन् । 

देउरा बजारमा बस्दै आएका केदरास्युँ गाँउपालीका वडा न १ घर भएका  ११ वर्षका रोशन दमाइ र सोही गाँउपालीका ४ घर भएका  १४ वर्षका जगत अधिकारी नुहाउन र माछा मार्ने क्रममा खोलाले बगाएर बेपत्ता भएका हुन ।  

खोलामा बेपत्ता उनीहरुको खोजीकार्य भइरहेको तर खोला बढ्दै गएको र धमिलो हुदाँ समस्या भएको बझाडका डिएसपी गणेश बमले जानकारी दिएका छन् । 

यस अगाडी केदारस्युँ गाँउपालीका मल्लेसीमा पहिरोमा पुरिएका एक जनाको पनि अहिले सम्म शव भेटाउन सकेको छैन ।