पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

सलह कीरा किन्न अर्जुनधारा नगरपालिकाद्वारा ५ लाख विनियोजन

रोहित काफ्ले, झापा । झापाको अर्जुनधारा नगरपालिकाले सलह कीरा खरिदका लागि पाँच लाख बजेट विनियोजन गरेको छ ।

सलहबाट कृषि क्षेत्रमा हुने क्षति न्यूनीकरणका लागि नगरले उक्त बजेट विनियोजन गरेको नगरप्रमुख हरिकुमार रानाले जानकारी दिनुभयो । उहाँले नगरले सलह समातेर ल्याउनेलाई प्रतिकेजी १०० रुपैयाँ दिने योजना ल्याएको बताउनु भयो ।

खरिद गरिएको सलह नगरको कृषि शाखाले प्रतिकेजी रु ५० दरले पशु आहारका लागि दाना उद्योगलाई दिने निर्णय गरेको छ ।