पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

सुनसरीमा लागूऔषधको ठूलो गिरोह पक्राउ

radionepal

अशिष कुमार यादव, सुनसरी । असार २६ गते । जिल्ला प्रहरी कार्यालय सुनसरीले थालेको लागूऔषध बिरुद्धको अपरेशन अन्तरगत ७ जनालाई पक्राउ गरिएको छ ।               

लागूऔषधबिरुद्धको स्वीप अपरेशन मा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक सरोज खनालको नेतृत्वको प्रहरी टोलीले लागूऔषधको कारोबारमा सक्रिय ठूलो संगठित गिरोह पक्राउ गरेको हो । 

यो संगठितको नेटवर्क मूख्यत सीमावर्ती कोशी गाउँपालिकाको हरिपुर भाण्टाबारी इलाका हुदै बराहक्षेत्र नगरपालिकाको प्रकाशपुर चकरघट्टी चतरा सोही नाका हुँदै उदयपुरका केही इलाकाहरुमा सक्रिय रहेको खनालले जनाएको छ । 

पक्राउ पर्नेहरुमा सुनसरीको कोशी गाउँपालिकाका २९ वर्षीय पंकज यादव, भारतको जिल्ला सपौल ग्राम पंचायत बिरपुर १ घर भएका २१ वर्षीय शिबु भनिने राकेशकुमार मण्डल, कोशी गाँउपालिका वार्ड नं ६ श्रीपुर घर भएका १९ वर्षीय सुनिल मुखिया, कोशी गाँउपालिका वडा न. ६ का बीरेन्द्र मरवैता यादव, बराहाक्षेत्र नगरपालिाका १ चतराका ४७ वर्षीय राजु शर्मा  कोशी ६ का सुनिलकुमार यादव र  वराहाक्षेत्र नपा ९ प्रकाशपुरका ३७ वर्षीय खेमप्रसाद लुईटेल रहेका छन् । 

उनीहरुको साथबाट विभिन्न सामानहरु बरामद भएको प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिनुभयो ।