पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

किसानहरुलाई कृषि औजार वितरण 

radionepal

शशि पन्थी, भैरहवा । मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम अन्तर्गत मायादेवी गाउँपालिकाले गरिब तथा व्यवसाय उन्मुख किसानहरुलाई कृषि औजार वितरण गरेको छ । 

एक कार्यक्रमका बिच जिल्ला समन्वय समिति रुपन्देहीमा प्रमुख एकराज विश्वकर्माले गाउँपालिकाका कृषकहरुलाई आत्मनिर्भर बन्नका लागि १४ थान पम्पसेट र ११ थान चापकटर हस्तान्तरण गरेका हुन् । 

हस्तान्तरण कार्यक्रमको प्रमुख अतिथिको मन्तव्य व्यक्त गर्दै विश्वकर्माले अनुगमन गर्ने हेर्ने कति उपयोग भयो अरु केही थप्न परे थप्नुपर्ने बताए । प्रदेश सरकार र केन्द्रीय सरकारले गरिब विपन्नहरुलाई गरिबिको अन्त्य गरेर कठिनाइहरुको अन्त्य गर्दै उत्पादनमा जोडिँदै उन्नत जीवनमा जिउनुपर्ने बताए । 

मायादेवी गाउँपालिकाका अध्यक्ष धु्रवनारायण चौधरीले मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रमद्धारा मायादेवी गाउँपालिकाबाट निशुल्क पम्पसेट वितरण गरिएको बताउँदै कृषकहरुलाई पालिकाले उपलब्ध गराएको सामानको पूर्ण रुपमा प्रयोग हुनुपर्ने बताए । अध्यक्ष चौधरीले कृषिमा लगानी गरी नेपाल आत्मनिर्भर बन्नुपर्नेमा जोड दिएका थिए । 

स्वागत मन्तव्य व्यक्त गर्दै पालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णु प्रसाद ढुंगानाले निशुल्क वितरण गरिएका कृषि जन्य सामाग्रीहरुको किसानले सही तरिकाले उपयोग गर्न सल्लाह दिए । 

गाउँपालिकाका उपाध्यक्ष तारादेवी यादव, पशु सेवा शाखा प्रमुख डबल भण्डारी र कृषि शाखा प्रमुख राजेश यादव लगायतले किसानको हक हितमा गाउँपालिका सदैव सहयोग गर्न तयार भएको बताए ।