पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

प्रत्येक प्रदेशमा १/१ वटा प्रयोगशालालाई सशुल्क पिसिआर परीक्षणको स्वीकृति

केशव ढुुंगाना । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको रियाल टाईम पिसीआर परीक्षणका लागि निर्धारण गरेको निर्देशिकाले तोकेको भन्दा बाहेकका नमूना परीक्षणका लागि प्रत्येक प्रदेशमा एक–एक प्रयोगशालालाई स्वीकृति दिएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले यही असार २४ गतेको मन्त्री स्तरीय निर्णय बाट सम्पूर्ण परीक्षणको २५ प्रतिशतमा नवढ्ने गरी निर्देशिकाले तोकेको भन्दा बाहेकका नमूना परीक्षण गर्न स्वीकृति दिएको बताउनुभयो । 

मन्त्रालयले प्रदेश १ मा कोशी अस्पताल, प्रदेश २ मा नारायणी अस्पताल, गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रदेश ५ मा लुम्बिनी अस्पताल बुटवल, कर्णाली प्रदेशमा प्रादेशिक जनस्वाथ्य प्रयोगशाला सुर्खेत र सुदुर पश्चिम प्रदेशमा प्रादेशिक प्रयोगशाला धनगढीलाई सशुल्क पिसिआर परीक्षणको स्वीकृति दिएको छ । तोकिएका प्रयोगशालाहरूले ५ हजार ५ सय रूपैयाँ परीक्षण शूल्क लिन पाउने प्रवक्ता प्रा.डा. गौतमले जानकारी दिनुभयो । 

तोकिएका प्रयोगशालाहरूले ५ हजार ५ सय रूपैयाँ परीक्षण शूल्क लिन पाउने प्रवक्ता प्रा.डा. गौतमले जानकारी दिनुभयो । 

मन्त्रालयले यस अगाडि वीर अस्पताल, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई मात्रै निर्देशिकाले तोकेको भन्दा बाहेकका नमुनाहरू शुल्क लिएर परीक्षण गर्दे स्वीकृति दिएको थियो ।