पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

बाढीले सिन्धुपाल्चोक सम्पर्क विच्छेद : उद्धारमा समस्या (फोटोफिचर)

radionepal

मेलम्ची । गए रातिदेखि अविरल वर्षाले बाह्रबिसेदेखि तातोपानी क्षेत्रका विभिन्न ठाँउमा क्षति । उद्धारका लागि निस्किएको नेपाली सेना प्रहरी पनि जम्बुसम्म पनि पुग्न नसक्ने अवस्था भएकाले स्थानीयवासीले समयमा साथ पाउन नसकिरहेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो । बाह्रबिसे नगरपालिकाको जम्बुका ठाडो खोलामा आएको बाढीले १५ घर बगाएको र केही व्याक्ति सम्पर्कविहीन भएका छन् ।सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–५ जम्बु बजार बाढीले अरनिको राजमार्ग अवरुद्द भएपछि उद्धारमा समस्या भएको छ। सडक पुरै बगाएर लगेको छ । गएराति आएको बाढीले सडक सञ्जाल टुटेपछि उद्धारमा समस्या परेको हो। मौसम खराबीको कारण हेलिकोप्टर अझै पुग्न सकेको छैन्

तस्वीर : देवराज सुवेदी