पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

सरकारद्वारा समवेदना व्यक्त

काठमाडौँ । सरकारले गणतन्त्र म्यान्मा सङ्घमा ठूलो सङ्ख्यामा खानी मजदुरको हताहती भएकामा दुःख व्यक्त गर्दै त्यहाँको सरकारमा समवेदना व्यक्त गरेको छ ।  

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले म्यान्माको राज्यपरिषद्का सल्लाहकार एवं विदेशमन्त्री आङसान सुचीलाई आज एक शोक सन्देश पठाउँदै जारी उद्धारको कार्य सफल हुने विश्वास व्यक्त गर्नुभएको छ ।

साथै सन्देशमा उहाँले म्यान्मा सरकार र त्यहाँका जनताप्रति ऐक्यबद्धता प्रकट गर्दै शोकपूर्ण क्षणलाई पराजित गर्ने विश्वास व्यक्त गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।