पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

खोलाले बगाउँदा एक जनाको मृत्यु

दिपक शर्मा, सल्यान । सल्यानमा खोलाले बगाउँदा एक वृद्धाको ज्यान गएको छ ।

जिल्लाको कपुरकोट गाउँपालिका ६ सिन्वाङ निवासी ७१ वर्षीय पूर्ण बहादुर महताराको स्थानीय भुर खोलाले बगाउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

मंगलबार छोरीको घरबाट आफ्नो घर फर्किदै गरेका महताराको बुधबार शव फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले बताए । 

स्थानीयले खोलाको किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेको र शवको पोष्ट पार्टमका लागि सल्याान जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको प्रहरीको भनाई छ ।