पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

प्रदेश १ मा थप ४९ संक्रमित डिस्चार्ज

कुमोद अधिकारी, विराटनगर । प्रदेश न  १ मा आज ४९ जना कोरोना सक्रमित उपचारपछि  डिस्चार्ज भएका छन् । 

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत १४ जना र पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन अस्पतालबाट ३५ जना डिस्चार्ज भएका हुन  ।  डिस्चार्ज हुनेमा  ३९ पुरुष र  १० महिला रहेका छन् । 

यो सहित प्रदेश १ बाट डिस्चार्ज हुनेको संख्या ५ सय २७ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।