पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

थप ६ सय ८८ जना कोरोना संक्रमण मुक्त, २ सय ४ संक्रमित

radionepal

बालिका मादेन । आज थप ६ सय ८८ जना कोरोना भाइरस संक्रमण मुक्त भई घर फर्किएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको नियमित प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले आज विभिन्न स्थानमा रहेका आइसोलेसन सेन्टरबाट ६ सय ८८ जना संक्रमण मुक्त भएपछि संक्रमण मुक्त भई घर फर्किनेको कूल संख्या ७ हजार ४ सय ९९ पुगेको जानकारी दिनुभयो । 

नेपालमा हाल सम्म कोरोना भाइरसको संक्रमण मुक्त भई स्वास्थ्यलाभ गर्नेको दर ४६ दशमलव ४ प्रतिशत रहेको प्रवक्ता प्रा.डा. गौतमले बताउनुभयो । 

यसैगरी आज देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा ६ हजार १ सय ३३ वटा नमुनाको रियल टाइम पिसिआर विधिबाट परीक्षण गर्दा २ सय ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा हालसम्म १६ हजार १ सय ६८ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाइनमा आज २५ हजार ७ सय २७ जना रहेका छन् भने ८ हजार ६ सय ३४ जना विभिन्न आइसोलेसन सेन्टर हरूमा रही स्वास्थ्यलाभ गरिरहेको मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । 

मन्त्रालयका अनुसार तेह्रथुम, भोजपुर,सोलुखुम्वू र हुम्ला जिल्ला कोरोना संक्रमण मुक्त भएका छन् ।