पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

सुरक्षित रुपमा होटल सञ्चालन गर्न पाउनुपर्ने माग

रोहित काफ्ले, झापा । झापाका होटल व्यवसायीहरुले सामाजिक दूरी कायम गरी सुरक्षित रुपमा होटल सञ्चालन गर्न पाउनुपर्ने माग गरेका छन् ।

सोमबार बिर्तामोडमा भएको भेलामा लकडाउनका कारण व्यवसाय धरापमा परेको भन्दै व्यवसायीले मापदण्ड पूरा गरेर होटल सञ्चालन गर्न पाउनुपर्ने माग गरेका हुन् ।

लामो समयदेखि होटल व्यवसाय बन्द हुँदा व्यवसायीहरु आर्थिक संकटमा परेकोले व्यवसायबाटै पलायन हुनुपर्ने अवस्था आएको भन्दै व्यवसायीहरुले सरकारले तोकेको मापदण्ड पूरा गरेर होटल सञ्चालन गर्ने बताएका छन् ।

उनीहरुले लकडाउन अवधिको होटलको घर भाडामा ५० प्रतिशत, बिजुली, पानी, टेलिफोन, इन्टरनेट महसुलमा विशेष छुट, एक वर्षको व्यवसाय कर तथा अन्य सबै प्रकारका राजश्व मिनाहा तथा बैंक तथा वित्तीय संस्थाबाट लिइएको ऋण र किस्ता तिर्ने समय दुई वर्ष थप गरी ब्याजमा सहुलियत गरी साँवामा गाभिदिन समेत आग्रह गरेका छन् ।