पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

समस्या समाधान गर्ने गरी मौद्रिक नीति ल्याउन राष्ट्र बैंकलाई सुझाव

भुवनप्रसाद आचार्य । नेपाल व्यवस्थापन संघले कोरोनाका कारण अर्थतन्त्रमा परेको समस्या समाधान गर्ने गरी आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउन नेपाल राष्ट्र बैंकलाई सुझाव दिएको छ । 

बैंकले जारी गर्ने मौद्रिक नीति तथा कार्यक्रम तर्जुमा सम्बन्धी कार्यमा सहयोग पुर्याउने उद्देश्यले अनलाइनमार्फत आयोजित मौद्रिक नीति छलफल कार्यक्रमको प्रतिवेदन सोमबार गभर्नर महाप्रसाद अधिकारीलाई हस्तान्तरण गर्दै त्यस्तो सुझाव दिएको हो । 

निजी क्षेत्र र विज्ञका सुझावलाई समेटर तयार पारिएको प्रतिवेदन गभर्नर अधिकारीलाई हस्तान्तरण गरिएको संघका सभापति तथा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले जानकारी दिनु भयो । 

प्रतिवेदनमा वर्तमान अवस्थामा निजी क्षेत्रसंगै बैंक तथा वित्तीय संस्थाले भोगिरहेका समस्या, त्यसको कार्यान्वयन पक्ष र चुनौतीलाई समेत प्रतिवेदनमा समावेश गरिएको श्रेष्ठले जानकारी दिनु भयो । 

प्रतिवेदन ग्रहण गर्दै नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारीले संघले उपलब्ध गराएका सुझावलाई आगामी मौद्रिक नीतिमा समेट्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।