पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

महेन्द्रनगर बजारमा कोरोना मापदण्ड अनुगमन

हरिश्चन्द्र बाग, कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगर बजारमा कोरोना मापदण्ड अनुगमन गरिएको छ । 

कञ्चनपुर उद्योग वाणिज्य संघ द्वारा सबै वस्तुगत संघहरु सहित गठन गरिएको कोरोना जनचेतना तथा समन्वय समितिले बजार अनुगमन गरेको समितिका संयोजक तथा कञ्चनपुर उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष मदनराज पन्तले बताउनु भयो । 

उहाँका अनुसार, कोरोना महामारीबाट बच्न जारी गरिएको न्यूनतम मापदण्ड पालना भए नभएको अनुगमन गरिएको छ । 

उद्योगी व्यवसायीहरुलाई कोरोनाबाट बच्न तथा बचाउन अपनाउनुपर्ने मापदण्डका बारेमा जानकारी समेत गराइएको संयोजक पन्तले बताउनु भयो ।