पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

चन्द्रागिरि हिल्सले शेयर निष्कासन गर्ने

काठमाडौं । काठमाडौमा केवुलकार सञ्चालन गर्ने कम्पनी चन्द्रागिरि हिल्स लिमिटेडले स्थानीय बासिन्दा एवं सर्वसाधारणलाई शेयर निष्कासन गर्ने भएको छ ।

नागरिक लगानी कोष र चन्द्रागिरि हिल्स लिमिटेडले बीच शेयर निष्कासन सम्बन्धी सम्झौता भएको छ । चन्द्रागिरि हिल्सको १८ लाख ४० हजार नौ सय १० कित्ता शेयरहरु १८ करोड ४० लाख ९१ हजार बराबरको मूल्यमा निष्कासन गर्ने सम्झौता भएको हो । 

सम्झौतामा कोषका तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र चन्द्रागिरि हिल्सका तर्फबाट कम्पनीका महाप्रबन्धक अभिषेकविक्रम शाहले सम्झौतामा हस्ताक्षर गर्नुभएको कोषले जनाएको छ ।