पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

श्रीमती बितेको एक बर्षमै श्रीमानको पनि भीरबाट खसेर मृत्यु

टेकराज भण्डारी, अछाम । अछामको रामारोशन गाउँपालिकामा भीरबाट खसेर एक युवकको ज्यान गएको छ । वडा नम्बर ५ का ३६ बर्षीय लोकेन्द्र रोकायाको शुक्रबार पडिपाखा भीरबाट खसेर ज्यान गएको हो । 

बिहान घाँस काट्न गएको बेला चिप्लो भीरबाट खसेर उनको घटनास्थलमै ज्यान गएको रामारोशन गाउँपालिका उपाध्यक्ष सरस्वती रावलले जानकारी दिनुभयो ।

उनकी श्रीमतिको पनि गत वर्ष  भीरबाट खसेरै ज्यान गएको थियो । 

आमाबुवा दुबैको भीरबाट खसेर ज्यान गएपछि उनका ५ नाबालक छोराछोरीको बिचल्ली भएको छ । अब १ छोरा र ४ छोरीका सहारा वृद्ध हजुरआमा मात्रै रहनु भएको छ । उनको अवस्था पनि निकै कमजोर रहेको आन्त डम्बर रोकायाले बताउनु भयो ।