पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

दैलेखका प्रमुख इञ्जिनियर र सबइञ्जिनियर पक्राउ

रासस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस लिएको अभियोगमा दैलेखका प्रमुख इञ्जिनियर र सबइञ्जिनियरलाई पक्राउ गरेको छ ।  

दैलेखको भगवती माई गाउँपालिका–३ स्थित सान्तडा खोलामा तटबन्ध निर्माण सम्पन्न भएको र बिल फरफारकका लागि सहजीकरण गरिदिने भन्दै खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालयका प्रमुख इञ्जिनियर तोपेन्द्रसुन्दर मल्ल र सबइञ्जिनियर वीरेन्द्र चन्दले दुई लाख ४१ हजार रुपैयाँ घुस माग्दै गरेको अवस्थामा पक्राउ गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।