पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

बुधबार पनि सेयर बजारको कारोबार बीचैमा बन्द

काठमाडौं । उच्च दरले वृद्धि बढे पछि बुधबार पनि सेयर बजारको कारोबार बीचैमा बन्द भएको छ । कारोबार सूचक नेप्से ६ प्रतिशतले बढेसँगै आजको कारोबार बन्द भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

बुधबार नेप्से परिसूचक ७५.७७ अंकले बढेको हो भने ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ परिसूचक १५.१० अंकले बढेको बढेको छ । आज कुल १ सय ३५ कम्पनीहरुका ४० करोड ७३ लाखको सेयर बिक्री भएको नेप्सेले जनाएको छ । बुधबार नेप्से पसिूचक बढेर १ हजार ३ सय ३६ मा पुगेको छ ।

यस दिन लगानीकर्ताले जम्मा २४ मिनेट मात्रै कारोबार गर्न पाएका थिए । यस अवधिमा नेप्से सूचक ६ प्रतिशत अर्थात ७५.७७ अंकले बढेर १३३६.५३ विन्दुमा पुगेको छ भने ४० करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।

छोटो अवधिमा ११ लाख कित्ता सेयर बिक्री भएका छन । आज ३ हजार ८ सय ९० पटक खरिदबिक्री भएको थियो ।