पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

रामप्रसाद आचार्य, रुपन्देही । रुपन्देहीको सैनामैनामा आज भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । 

पूर्वपश्चिम राजमार्ग अन्तर्गत सैनामैना वडा नं.६ कलौनीमा कार र मोटरसाइकल ठोक्किँदा बाबुछोराको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । 

दुुर्घटनामा  मोटरसाइकल चालक सैनामैना १ बस्ने ३० वर्षीय सन्तोष परियार र उनका बुुबा ५० वर्षीय टेकबहादुर परियारको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठोरले जानकारी दिनुभयो ।