पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

आज थप ६ सय ४ जनालाई स्वदेश ल्याइयो

अच्युत अर्याल । कोभिड–१९ का कारणबाट उत्पन्न असहज परिस्थितिका कारण विदेशमा अलपत्र परेका थप ६ सय ४ जनालाई स्वदेश ल्याइएको छ । 

आज मलेसियाबाट २ सय ९६, कुवेतबाट १ सय ६०, र कतारबाट १ सय ४८ जनालाई स्वदेश ल्याइएको कोडिभ–१९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।

विदेशमा अलपत्र परेका र स्वदेश आउनु पर्ने अवस्थामा रहेका नेपाली नागरिकहरुलाई सुरक्षितसाथ स्वदेश ल्याउने, क्वारेन्टाईनमा राख्ने र स्वास्थ्य परीक्षण एवं स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पालना गराई ब्यवस्थापन गर्ने केन्दले जनाएको छ ।

नेपाल ल्याइएका सबै ६ सय ४ जनालाई नेपाली सेनाको व्यवस्थापनमा सुरक्षित एवं व्यवस्थित ढंगले प्रादेशिक रुपमा स्थापना गरिएको होल्डिङ सेन्टरहरुमा लगिएको छ ।