पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

राष्ट्रपतिबाट पाँच विधेयक प्रमाणीकरण

रासस । राष्ट्रपति विद्यादेवी भण्डारीले आज पाँचवटा विधेयक प्रमाणीकरण गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले आज आर्थिक वर्ष २०७७–७८ को सेवा र कार्यका लागि सङ्घीय सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र नेपाल सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक प्रमाणीकरण गर्नुभयो ।  

राष्ट्रपति भण्डारीले राष्ट्र ऋण उठाउने अधिकारको व्यवस्था गर्न बनेको विधेयक, ऋण तथा जमानत ऐन, २०२५ लाई संशोधन गर्न बनेको विधेयक र केही अध्यादेश खारेज गरी नेपाल ऐनको साविकको व्यवस्था जगाउने अध्यादेश, २०७७ लाई प्रतिस्थापन गर्न बनेको विधेयक प्रमाणीकरण गर्नुभयो । 

राष्ट्रपति कार्यालयले आज जारी गरेको प्रेस विज्ञप्तिमा राष्ट्रपति भण्डारीले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश भएका ती विधेयक प्रमाणीकरण गर्नुभएको उल्लेख छ ।