पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

शेयर कारोबार आजबाट खुल्यो 

काठमाडौं । लामो समयदेखि बन्द रहेको नेपाली शेयर बजारको कारोबार सोमबारबाट खुल्ला भएको छ ।

कारोबार शुरु भए लगतै चार प्रतिशतले कारोबार घटेर २० मिनेट कारोबार स्थगित भएपछि सेयर बजार पुन लयमा फर्किएको छ । ५० अंकसम्म घटेको बजारमा दोस्रो घण्टापछि ब्रेक लागेको हो ।

बीचमा उच्च करेक्सन भएर बजार ०.४५ अंकसम्म मात्र तल आएको थियो । अन्ततह १२.८७ अंकले  घटेर बजार बन्द भएको हो । सोमबार बजारको परिसुचक १ हजार १८८ अंकमा पुगेको छ ।

सोमबार बजारमा ३४ करोड ७७ लाख रुपैयाँमा १३० कम्पनीहरुका ४८६२ पटक कारोबार भएका छन् ।

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले केयर रेटिङ्गस नेपालद्धारा गरिएको रेटिङ्गसमा ए प्लस रेटिङ्गस प्राप्त गरेको छ । केयर रेटिङ्गसमा ए प्लस रेटिङ्गसले बैंकको कर्जा जोखिम न्यून रहनुका साथै वित्तीय अवस्था मजबुत रहेको बुझिने बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बताउनुभयो । 

राष्ट्रिय वाणिज्य बैंक गत आर्थिक वर्ष २०७५–०७६ मा सबैभन्दा बढी पाँच अर्ब चार करोड रुपैंया मुनाफा कमाउन सफल भएको र आर्थिक वर्ष २०७४–०७५ मा बैंक वित्तीय संस्था तथा विप्रेषण कारोबार गर्ने संस्थामध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने बैंकको रुपमा रहेको छ ।  

हाल  बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २४० वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।