पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

ऊर्जाको प्रयोग बढाउनुपर्नेमा विज्ञहरुको जोड

भुवनप्रसाद आचार्य । कोरोनाको प्रकोपपछि आउन सक्ने सम्भावित खाद्य सङ्कटबाट बच्न र युवा जनशक्तिलाई व्यावसायिक कृषि प्रणालीमा आकर्षित गर्न ऊर्जाको प्रयोग बढाउनुपर्नेमा विज्ञहरुले जोड दिएका छन ।

राष्ट्रिय धान दिवसको अवसरमा सोमबार काठमाडौमा आयोजित खाद्य सुरक्षाका लागि नवीकरणीय ऊर्जा प्रविधिको भूमिका विषयको नेपाल नवीकरणीय ऊर्जा परिसङ्घले आयोजना गरेको गोष्ठीका वक्ताहरुले कृषिको उत्पादन, प्रशोधन, भण्डारण र वितरणमा ऊर्जाको आवश्यकता रहने हुँदा यसको पहुँच विस्तार गरी परम्परागत कृषि प्रणालीलाई व्यावसायिक गर्न सकिएमा मात्रै सुखी नेपाली र समृद्ध नेपालको लक्ष्य हासिल हुनसक्ने उहाँहरुको भनाइ छ ।

कार्यक्रममा पूर्वमन्त्री जनार्दन शर्माले खाद्य सङ्कटलाई समाधान गर्न स्वदेशमा नै खाद्यान्न उत्पादन गर्नका लागि उपयुक्त प्रविधिहरु प्रयोग ल्याउनुपर्नेमा जोड भयो ।

पूर्वमन्त्री गणेश साहले कृषि पेशालाई राज्यले सम्मानीत दृष्टि दिन सकेमा युवा पुस्ताको आकर्याण बढ्ने र अन्नको उत्पादनदेखि वितरणसम्म व्यावसायिक सोच राख्न सकिएमा किसानको जीवनस्तर उड्नसक्ने विश्वास व्यक्त गर्नुभयो । 

ऊर्जाविद् प्रा.डा. जगन्नाथ श्रेष्ठले तराई, पहाड र उच्च पहाडी क्षेत्रमा समग्रमा १० लाख हेक्टर कृषियोग्य जमिन सिँचाइको सुविधा नभएकोले बाँझो रहेकाले सौर्य विद्युत पम्पिङ प्रणालीहरु जडान गर्नसकेमा उल्लेखनीय रुपमा खाद्यान्न उत्पादन वृद्धि गर्न सकिने धारणा राख्नुभयो ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक मधुसुदन अधिकारीले सरकारका नीति र कार्यक्रमअनुसार केन्द्रले वायोग्याँस, सौर्य पम्पिङजस्ता नवीकरणीय ऊर्जा प्रविधिमार्फत कृषिको आधुनिकीकरण र विपन्न जनताको जीवनस्तर अभिवृद्धिमा काम गर्दै आएको उल्लेख गर्नुभयो ।