पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

क्यानद्वारा चार कमिटीको विस्तार

अजय बम । नेपाल क्रिकेट संघ (क्यान) ले प्रतियोगिता कमिटीसहित विभिन्न चार कमिटीको विस्तार गरेको छ । क्यानले सोमबार यस अघि बनाईएको चार कमिटीलाई विस्तार गरिएको जनाएको छ ।

क्यानले प्रतियोगिता कमिटी, टेक्निकल कमिटी, फाइनान्सियल कमिटी र मिडिया कमिटीमा सदस्य थप गर्दै कमिटी विस्तार गरेको हो । यस अघि क्यानले संयोजक चयन गर्दै चार कमिटी बनाएको थियो । तर, कमिटीमा सदस्यहरु रहेका थिएनन् ।

प्रसान्त विक्रम मल्लको संयोजकत्वमा रहेको प्रतियोगिता कमिटीमा दाउद अन्सारी, ऋषिराम गौतम, विक्रम विष्ट र कैशाल विष्टलाई सदस्य राखिएको छ । यस्तै संजय राज सिंहको संयोजकत्वमा रहेको टेक्निकल कमिटीमा विरेन्द्र बहादुर चन्द, अमित बिर पाण्डे, अरुण कुमार अर्याल र संजय गुरुङलाई ल्याईएको छ ।

रोशन कुमार सिंहको संयोजकत्वमा रहेको फाइनान्सियल कमिटीमा माधव कर्माचार्य र दुर्गा राज पाठक थपिएका छन् । यस्तै मिडिया कमिटीमा भानुभक्त सिग्देल सदस्यको रुपमा आएका छन् । यस कमिटीको संयोजक अशोक नाथ प्याकुरेल रहेका थिए ।

नयाँ नेतृत्व आएपछि बसेको क्यानको पहिलो बोर्ड बैठकले चार कमिटी गठन गरेको थियो ।