पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

मोरङमा साँढे ९ लाख विरुवा उत्पादन 

radionepal

कुमोद अधिकारी, विराटनगर । डिभिजन वन कार्यालय मोरङले चालु आर्थीक वर्षमा साँढे ९ लाख विरुवा उत्पादन गरेको छ । सो कार्यालयले १९ वटा वन नर्सरी मार्फत  विरुवा उत्पादन गरेको हो । 

४८ हेक्टर जग्गामा वृक्षारोपन गर्ने लक्ष्य अनुसार कार्यालयले जडिवुटि सहित  ४९ प्रकारका विरुवा उत्पादन गरेको डिभिजन वन कार्यालय मोरङका प्रमुख विशाल घिमिरेले वताउनुभयो ।

कार्यालयले हालसम्म १ लाख ५५ हजार वन विरुवा तथा २५ हजार ३ सय फलफुलका विरुवा वितरण गरिसकेको छ । कार्यालयले उत्पादन गरेको सो विरुवाबाट साँढे २८ हेक्टर जग्गामा वृक्षारोपण भइसकेको छ । यो वर्ष निजि, सामुदायीक तथा सार्वजनिक गरी ४७ हेक्टर जग्गामा वृक्षारोपण गर्ने लक्ष्य कार्यालयको छ । 

चालुु आर्थीक वर्ष वृक्षारोपण वर्ष भएकाले एक वर्ष देखि नै वृक्षारोपण कार्यलाई निरन्तरता दिइएको कार्यालय प्रमुख घिमिरेले वताउनुभयो । प्रदेस सरकारको सहयोगमा डिभिजन वन कार्यालयले वन नभएका जिल्लाका दक्षिण भेगका जनतालाई लक्षित गरेर तराई मधेश हरियाली विकास कार्यक्रम समेत सञ्चालन गरेको  छ  । 

कार्यक्रम सञ्चालन भएसंगै हालसम्म विराटनगर महानगरपालिका सहित  १६ वटा स्थानिय तहमा १ सय १८ हेक्टर जग्गामा वृृक्षारोपण भएका छन् । सिमावर्ती क्षेत्रका स्थानियतहमा वनको सहज पहुच पुर्याउन कार्यक्रम सञ्चालनमा ल्याएको हो ।