पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

५ गुणाभन्दा बढी शेयर खरिदको लागि आवेदन

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले बिक्रीमा ल्याएको आइपीओमा अन्तिम दिन आइतबारसम्ममा ५ गुणाभन्दा बढी शेयर खरिदको लागि आवेदन परेको छ ।

असार १४ गते बेलुका पाँच बजेसम्ममा लघुवित्तको आइपीओमा ३ लाख ९९ हजार १४४ जना आवेदकबाट २ अर्ब २८ करोड ९५ लाख ३ हजार रुपैयाँ बराबरको २ करोड २८ लाख ९५ हजार ३० कित्ता शेयर खरिदको लागि आवेदन परेको बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ । यो सर्वसाधारणमा निष्काशन गरिएको कुल शेयरको ५.१५ गुणा धेरै हो ।

लघुवित्तले गत बुधबारदेखि एक सय रुपैयाँ अंकित दरमा ४७ करोड ५५ लाख रुपैयाँ बराबरको ४७ लाख ५५ हजार कित्ता आईपीओ बिक्री खुल्ला गरेको थियो ।