पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

लालबकैया नदीले बगाउँदा एक बेपत्ता, एक जनाको उद्धार

radionepal

ध्रुव अधिकारी, वीरगञ्ज । रौतहटको राजपुर नगरपालिका वडा नम्बर ८ निवासी २५ वर्षीय शेख फिरोज लालबकैया नदीले बगाएर बेपत्ता भएका छन भने अन्य एक जनालाई बग्दै गरेको अवस्थामा प्रहरीले जीवितै उद्धार गरेको छ । 

नदीमा पौडीखेल्न गएका राजपुर ८ निवासी शेख फिरोज र ३० वर्षीय हजारी मिँया लाल बकैया नदिले बगाएकोमा मियालाई प्रहरीले बग्दै गरेको अवस्थामा जीवितै उद्धार गरेको इलाका प्रहरी कार्यालय राजपुरका प्रहरी सहायक निरिक्षक दिपक गुप्ताले जानकारी दिनुभयो । नदीले बगाएर बेपता भएका फिरोजको खोजी भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । 

गएराती १२ बजेदेखी लगातार परीरहेको वर्षा संगै लालबकैया नदीमा बाढी आएको छ । त्यसैगरी पुर्वीभेग स्थित बागमती नदी, चाँदी खोला, लगायत साना साना खोलामा पनी पानीको स्तर उच्च रहेको छ । 

लगातार वर्षाको कारण सदरमुकाम गौर स्थित मुख्य बाटोमा २ फिट सम्म पानी जमेकाले कतिपय कार्यालय प्रभावित भएको छ भने आवत जावतमा कठिनाई भएको छ । 

यसैबीच रौतहटका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले आज एकसुचना जारी गर्दै अगामी ३ दिनसम्म नदी खोलामा पानीको स्तर बढने तथा बाढी आउने हुँदा उच्च सतर्कतामा रहन बागमती, लालबकैया लगायतका नदी आसपासका बासिन्दालाई आग्रह गर्नु भएको छ ।