पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

भलिबल मुख्य प्रशिक्षकमा सिंहको नियुक्ति

अजय बम । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले भलिबल खेलतर्फ मुख्य प्रशिक्षकको रुपमा प्रज्वलबहादुर सिंहलाई नियुक्ति दिएको छ ।

यसअघि मुख्य प्रशिक्षक रहेकी सलिना श्रेष्ठको पदावधि सकिएपछि सिंहलाई आइतबार उनको स्थानमा नियुक्ति पत्र दिइएको हो । सिंहले यसअघि पनि राष्ट्रिय टोलीको प्रशिक्षकका रुपमा काम गरेका छन् ।

सिंह राखेपअन्तर्गत काठमाडौं जिल्लामा प्रशिक्षकका रुपमा रहनुभएको थियो । सिंह २०५२ सालमा सहायक प्रशिक्षकको भूमिकामा राष्ट्रिय खेलकुद परिषदमा आबद्ध हुनुभएको थियो ।