पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

उसुका राष्ट्रिय खेलाडी विरमान लामाको निधन

काठमाडौं । उसुका राष्ट्रिय खेलाडी विरमान लामाको निधन भएको छ । काभ्रेपलान्चोकको बेथानचोकस्थित निवासमा उनी आईतबार विहान मृत अवस्थामा फेला परेका थिए ।

२६ वर्षीय वीरमान कोरोनाका कारण सबै खेल गतिविधि रोकिएपछि गाउँ फर्केका थिए । पारिवारिक स्रोतका अनुसार अघिल्लो दिन फुटबल खेलेर खान खाएपछि सुतेका उनी विहान ओछ्यानमा मृत अवस्थामा फेला परेका थिए । 

क्योकुसिन कराँतेबाट खेलकुद यात्रा सुरु गरेका वीरमान पछिल्लो समय उसुमा आबद्ध रहेका थिए । उनले राखेप च्याम्पियनसिपमा स्वर्ण पदक जितेका थिए । घरेलु प्रतियोगितामा त्रिभुवन आर्मी क्लबबाट खेल्दै आएका थिए ।