पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

एनआरटी र आरसिटीद्वारा ‘होम ग्राउण्ड’ निर्माण गर्न धार्केलाई लिने तयारी

काठमाडौं । न्युरोड टिम (एनआरटी) र रानीपोखरी कर्नर टिम (आरसिटी) क्लबले घरेलु मैदान अर्थात् ‘होम ग्राउण्ड’ निर्माणका धादिङको धार्के लाई लिने तयारी गरेका छन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) र अखिल नेपाल फुटबल संघ (एन्फा) को पहलमा क्लबका पदाधिकारीले धुनिवेशी नगरपालिकाको पुरानो धार्केमा रहेको जग्गा निरिक्षण गरेका छन् ।

एनआरटी र आरसिटीका पदाधिकारीले भुवनेश्वरी माध्यमिक विद्यालयको मातहतमा रहेको करिब ३३ रोपनी जग्गामा फैलिएको मैदानको निरीक्षण गरेका थिए ।

दुवै क्लबले यस मैदानलाई आफ्नो घरेलु मैदानसहित एकेडेमी बनाउने योजना बनाएका छन् । क्लबले मैदानमा होस्टेल भवनसहित प्याराफिट समेत बनाउने जनाएको छ ।

विद्यालयको मातहतमा रहेको यस मैदानमा पूर्वाधार विकासका लागि प्रदेश ३ सरकार र धुनिवेशी नगरपालिकाले १–१ करोड विनियोजन समेत गरेको छ । जसको कारण विद्यालयले १ करोड ८० लाखको टेन्डर सहित मैदान निर्माणको काम अगाडी बढाईसकेको छ ।

नेपाली फुटबल इतिहासकै चर्चित र पुराना एनआरटी र आरसिटी काठमाडौंको रैथाने क्लब हुन् । आरसिटीले ६ पटक र एनआरटीले ४ पटक ए डिभिजन लिग जितेको छ ।