पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

सिन्धुपाल्चोकमा नदीजन्य वस्तु उत्खनन तथा सङ्कलन बन्द

देवराज सुवेदी
मेलम्ची ।
सिन्धुपाल्चोकमा नदीजन्य पदार्थ उत्खनन तथा सङ्कलन कार्य तीन महिनालाई बन्द गरिएको छ ।  जिल्ला अनुगमन तथा समन्वय समितिको बैठकले जिल्लाका नदीहरूबाट नदीजन्य पदार्थ उत्खनन नगर्ने निर्णय गरेको हो ।

जिल्ला समन्वय समितिका प्रमुख कृष्ण गोपाल तामाङले २०७७ असार १ गतेदेखि भदौ मसान्तसम्मका लागि नदीजन्य पदार्थ उत्खनन र सङ्कलन कार्य बन्द गरेको जानकारी दिनुभयो  ।

वर्षा लागेपछि नदीजन्य पदार्थ झिक्न नपाउने नीति छ । वातावरण बिग्रन नदिनका लागि जिल्ला विकास समिति हुँदा देखि नै वर्षा लागेपछि तीन महिना नदीजन्य पदार्थ उत्खनन बन्द गर्ने गरिएको थियो ।