पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

बारामा १० लाख बिरुवा रोप्ने योजना लकडाउनले प्रभावित

radionepal

रञ्जन यादब, बारा । बारामा यस वर्ष १० लाख बिरुवा रोप्ने डिभिजन बन कार्यालय बाराको योजना लकडाउनका कारण प्रभावित भएको छ । सामान्य अवस्थामा जेठ १५ गतेदेखि नै शुरु हुने वृक्षारोपण कार्यकम्र हिजो  विश्व वातावरण दिवसको अवसर  शुरु गरिएको डिभिजन वन कार्यलय बाराले जनाएको छ ।

यस वर्ष वृक्षारोपणका लागि  १२ लाख विरुवा उत्पादन डिभिजन बन कार्यालय बाराले गरेको छ । जसमध्ये १० लाख बिरुवा भाद्र महिनासम्ममा लगाईने बन अधिकृत अनिल कुमार साहले जानकारी दिनुभयो । उत्पादन  भएका बेर्ना स्थानीय तहको समन्वयमा अतिक्रमित वन क्षेत्र, सार्वजनिक, ऐलानी प्रति जग्गा हुलाकी मार्गमा वृक्षारोपण  गरिने  डिभिजन वन कार्यालय बाराका प्रमुख मञ्जुर अहमद्ले जानकारी दिनुभयो ।

वन कार्यालय बाराले यस वर्ष जितपुरसीमरा, कलैया उपमहानगर, कोहल्वी, सिम्रौनगढ, महागढीमाई नगरपालिका, फेटा, पचरौता, सुर्वणपुर  गाँउपालिकामा गरी १२ लाख विरुवा उत्पादन गरेको छ । ४१ वटा सामुदायिक, ४ वटा साझेदारी सहित ४७ हजार १ सय ८२  हेक्टर क्षेत्रफल बारामा बन रहेको छ ।