पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

प्रदेश नंं २ मा कोरोना संक्रमितको संख्या साँढे नौ सय नाघ्यो

radionepal

अजय कुमार झा, जनकपुरधाम । प्रदेश २ मा पछिल्लो २४ घण्टामा १ सय २ जना कोरोना नयाँ  संक्रमित थपिएसगै संक्रमितको संख्या ९ सय ६१  पुगेको छ । सवै भन्दा बढी रौतहटमा संक्रमितहरु रहेको प्रदेश नंं २ का स्वास्थ्य निर्देशनालयले जनाएको छ ।  

आज रौतहटका मात्रै ६५ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य निर्देशनालयका उप निर्देशक विजय कुमार झाले जानकारी दिनु भएको छ । यसका साथै धनुषा ६, महोत्तरी ३, बारा १२, पर्सा १, सप्तरी १२ र सर्लाहीका ३ जनामा संक्रमण पुष्टि भएको छ ।

जसमध्ये १ सय २२ जना कोरोनाको संक्रमितहरु उपचारपछि निको भएर घर फर्र्किएका छन् । पछिल्लो पटक संक्रमितहरु मध्ये अधिकांश भारतवाट आएका संक्रमितहरु रहेका छन् । अहिले पनि विभिन्न क्वारेन्टाईनहरुमा २५ हजारको संख्यामा भारत सहितको ठाउँवाट आएका व्यक्तिहरु रहेका छन् ।