पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

सुरक्षा फौजले बनायो ४ बेडको आइसोलेसन कक्ष

radionepal

दयाराम पण्डित, बाजुरा । सदरमुकाम मार्तडीमा जिल्ला स्थित संयुक्त सुरक्षा फौजले ४ बेडको आइसोलेशन कक्ष निर्माण गरेको छ । कोरोना भाइरसको जोखीमलाई मध्यनजर गरी बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा बहिबिार ४ ब्याडको अस्थायी आइसोलेशन तयार गरेको हो ।

बाजुरा जिल्लामा कोरोना संक्रमण फैलिदै गएको र जिल्ला अस्पताल निर्माणाधिन अबस्थामा रहेको बिरामीको संख्यामा बृद्धि हुदै गएपछि नेपाली सेना, नेपाल प्रहरी र सस्त्र प्रहरीले २ दिनमै ४ ब्याडको आइसोलेशन ब्याड निमार्ण गरेको शसस्त्र प्रहरी वल नेपाल आश्रित गुल्मबाजुराका गुल्मपति श्याम रावतले बताउनुुभयो ।

जिल्लामा दिनानुदिन भारतबाट आउनेको संख्या संगै जिल्लामा दैनिक बिरामीहरु आउने भएको र कोरोनाको पुष्टि नहुन्जेल सम्म बस्नका लागि जिल्ला समन्वय समितिको चौरमा ४ ब्याडको आइसोलेशन बनाएको गुल्मपति रावतको भनाई छ ।