पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

थप २ सय ८८ सहित कोरोना संक्रमितको संख्या २ हजार ९९

radionepal

केशव ढुंगाना/सरिता खनाल । आज थप २ सय ८८ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएसँगै नेपालमा कुल संक्रमितको संख्या २ हजार ९९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा आज थप २ सय ७० जना पुरुष र १८ जना महिला गरी जम्मा २ सय ८८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

प्रवक्ता देवकोटाले धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा रौतहटका ३८ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा स्याङजा चापाकोटका ५ जना र पर्वतका ५ जना गरी जम्मा १० जना, विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सप्तरीका १ जना, भेरी अस्पतालमा गरिएको परीक्षणमा बाँकेका १७ जना र बर्दियाका ३ जना गरी जम्मा २० जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

यसैगरी प्रदेश अस्पताल सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेतका २७ जना, दैलेखका ९ जना, सल्यानका १८ जना र अछामका १० जना गरी जम्मा ६४ जना, हेटौडा किटजन्य प्रयोगशालामा गरिएको परीक्षणमा बाराका १ जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा दाङका १७ जना, सेती अस्पतालमा गरिएको परीक्षणमा कैलालीका १० जना र कञ्चनपूरका ८ जना गरी जम्मा १८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यसैगरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौका ४ जना , भक्तपूरका १ जना, धनुषाका ६ जना, महोत्तरीका २ जना, रौतहटका ३६ जना, सर्लाहीका २१ जना, सिराहाका १७ जना, कपिलवस्तुका १६ जना, धादिङका १ जना, नवलपरासीका २ जना, रुपन्देहीका १० जना र नुवाकोटका २ जना गरी जम्मा १ सय १८ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिनुभयो ।

नेपालमा हाल सम्म ६१ जिल्लाका १ हजार ९ सय ४९ जना पुरुष र १ सय ५० जना महिलामा कोरोना भाईरस संक्रमणको पुष्टि भएको छ ।

यसैगरी आज थप ४५ जना उपचार पछि निको भई डिस्चार्ज भएसंगै हाल सम्म कूल २ सय ६६ जना उपचार पछि निको भई घर फर्किएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त डा देवकोटाले आज विपि कोईराला स्वास्थ्य विज्ञन प्रतिष्ठान धरानबाट झापाका १७ जना र सुनसरीका १ जना गरी जम्मा १८ जना, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जबाट मकवानपूरका १ जना, गुल्मी अस्पतालबाट गुल्मीका १ जना, भिमदत्त अस्पताल कञ्चनपूरबाट रुपन्देहीका १६ जना र कपिलवस्तुका ९ जना गरी जम्मा २५जना उपचारपछि निको भई आज घर पर्किएको जानकारी दिनुभयो ।

हाल सम्म २ सय १२ जना पुरुष र ५४ जना महिला कोरोना भाईरसको उपचार पछि निको भई घर फर्किएको मन्त्रालयकले जनाएको छ ।