पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

कोरोना भाइरस संक्रमितको संख्या १ हजार ७ सय ९८

radionepal

केशव ढुंगाना/सरिता खनाल ।

आज थप २ सय २६ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएसँगै नेपालमा कुल संक्रमितको संख्या १ हजार ७ सय ९८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा आज थप २ सय १३ जना पुरुष र १३ जना महिला गरी जम्मा २ सय २६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

प्रवक्ता देवकोटाले धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा रौतहटका १८ जना र कपिलस्तुका २ जना गरी जम्मा २० जना, भेरी अस्पतालमा गरिएको परीक्षणमा बाँकेका ७ जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा दाङका ९ जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

यसैगरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा धनुषाका ७ जना, कपिलवस्तुका ३८ जना, महोत्तरीका २ जना, मकवानपूरका १ जना, सर्लाहीका ३८ जना, सिराहाका ५ जना र उपदपुरका १ जना गरी जम्मा ९२ जना, सेती अस्पतालमा गरिएको परीक्षणमा कैलालीका १४ जना, अछाम, बैतडी, डोटी र कन्चनपुरका १÷१ जना गरी जम्मा १८ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यसैगरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा झापाका २ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा नवलपरासी कावासोतीका २ जना र विनयत्रिवेणीका १ जना गरी जम्मा ३ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा दैलेखका २४ जना र जुम्लाका  १९ जना गरी जम्मा ४३ जना, प्रदेश अस्पताल सुर्खेतमा गरीएको परीक्षणमा दैलेखका १७ जना सल्यानका १० जना र सुर्खेतका ५ जना गरी जम्मा ३२ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिनुभयो ।

नेपालमा हाल सम्म ५९ जिल्लाका १ हजार ६ सय ६७ जना पुरुष र १ सय ३१ जना महिलामा कोरोना भाईरस संक्रमणको पुष्टि भएको छ ।

यसैगरी आज थप १ जना उपचार पछि निको भई डिस्चार्ज भएसंगै हाल सम्म कूल २ सय २१ जना उपचार पछि निको भई घर फर्किएका छन् ।

आज डडेलधुराका २८ वर्षिय पुरुष उपचार पछि निको भई घर फर्किएको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिनुभयो ।

हाल सम्म १ सय ७३ जना पुरुष र ४८ जना महिला कोरोना भाईरसको उपचार पछि निको भई घर फर्किएको मन्त्रालयकले जनाएको छ ।