पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

१४ दिन क्वारेन्टाईन राखेर घर पठाइएका पुरुषको मृत्यु

देवराज सुवेदी, मेलम्ची । १४ दिन क्वारेन्टाइन बसेर घर फर्किएका एक ६८ वर्षीय पूरुषको मृत्यु भएको छ । चौतारा साँगाचोकगढी १३ का ६८ वर्षका पुरुषको गएराती मृत्यु भएपछि उनी गत बैशाखमा १४ दिन क्वारेन्टाईन बसेर घर आएको तथ्य फेला परेको हो ।

श्वासप्रश्वासमा समस्या भएपछि स्थानीय स्वास्थ्यचौकीमा उपचारका लागि लगिएको र उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताउनुभयो ।  

अचानक मृत्यु भएपछि उनको स्वाब संकलन गरी परीक्षणका लागी पठाउने तयारी भइरहेको छ ।

गत बैशाखमा काठमाडौंबाट घर आउँदा उनलाई चौतारा साँगाचोकगढी नगरपालिकास्थित मेलचौरको क्वारेन्टाइनमा राखिएको थियो । १४ दिनपछि उनको आरडीटी परीक्षणमा नेगेटिभ देखिएपछि घर पठाइएको थियो ।