पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

बाँकेमा कोरोना निको हुनेको संख्या २८ पुग्यो

नवीन गिरी, नेपालगञ्ज । बाँकेमा अर्का एक जना कोरोना संक्रमित निको भएर घर फर्केका छन् । यो संगै बाँकेमा कोरानाबाट निको हुनेको संख्या २८ पुगेको छ ।

खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसन वार्डमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ का ३६ बर्षीय कोरोना संक्रमित पुरुष निको भएर डिष्चार्ज भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।

योसंगै बाँकेमा नेपालगञ्ज ७ का एक जना र नेपालगञ्ज ८ का २४ जना सबै निको भएर घर फर्केका छन् । नरैनापुरका तीन जना युवा पनि हिजो दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालबाट डिष्चार्ज भएका थिए ।

अब बाँकेका १ सय ५३ जना संक्रमित विभिन्न ८ आइसोलेसन केन्द्रमा उपचाररत छन् । क्यान्सर अस्पतालमा ९, कृषि व्यवसाय प्रवद्र्धन तथा तालिम केन्द्रको भवनमा ३९, लायन्स डेण्टल अस्पतालमा २३, कोहलपुर पिपिरीस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा ४१, डुडुवाको शाहपुर्वा विद्यालयको आइसोलेसनमा १८, राप्तीसोनारीको शम्शेरगञ्जमा ११, बैजनाथको बनकटुवा आइसोलेसनमा ७ र दाङको कोरोना विशेष अस्पतालमा ५ जना छन् ।

नरैनापुरका एक संक्रमित युवाको भने क्वारेन्टाइनमै मृत्यु भएको थियो ।