पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

बुटवलमा सुनचाँदी व्यवसायीको कोरोना बीमा

बुटवल । बुटवल क्षेत्रका १९३  सुनचाँदी व्यवसायीको कोरोना बीमा गरिएको छ । बुटवल सुनचाँदी व्यवसायी संघले हाल विश्वव्यापी महामारीका रुपमा फैलिरहेको  कोभिड–१९ को संक्रमणविरुद्ध सुरक्षाका लागि सदस्यको बीमा गरिएको जनाएको छ ।

संघका अध्यक्ष दीपककुमार विकले शिखर इन्सोरेन्समार्फत कुल रु एक करोड ९३ लाख बराबरको बीमा गरिएको जानकारी दिनुभयो । कोरोना भाइरस संक्रमण भएको प्रमाणित भएमा व्यवसायीले तोकिएको बीमाङ्क रकम प्राप्त गर्नेछन् । बीमाको अवधि एक वर्ष  छ ।

संघले आफ्ना व्यवसायीको स्वास्थ्य सुरक्षामा ध्यान दिँदै कोरोना संक्रमणप्रति सचेत हुन र व्यवसाय सञ्चालनका क्रममा जीवन रक्षाका उपाय अवलम्बन गर्न सबै व्यवसायीलाई आग्रह गरेको छ । संघले यसअघि सुनचाँदी पसलमा कार्यरत करीब दुई सय कालिगढलाई राहतस्वरुप खाद्य पदार्थ वितरण गरेको थियो ।
रासस