पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

चौरजहारी घटनाबारे अनुसन्धान गर्न थप ६ जना पक्राउ

मेगराज खड्का, रुकुम । रुकुम पश्चिमको चौरजहारी नगरपालिका सोती गाउँमा शनिबार साँझ भएको घटनामा अनुसन्धान गर्न थप स्थानीयलाई पक्राउ गरिएको छ । पिडितको किटानी जाहेरी आरोपमा बिहीबार जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले थप ६ जनालाई पक्राउ गरेको हो ।

रुकुम पश्चिम प्रहरी प्रमुख ठगबहादुर केसीका अनुसार किटानी जाहेरी गरिएका मध्य १८ जना पक्राउ परिसकेका छन भने अन्य दुई जनालाई पनि प्रहरीले खोजतलास गरिरहेको छ । घटनामा संलग्न भएको आरोपमा प्रहरीले यसअघि १२ जनालाई पक्राउ गरिसकेको छ । उनीहरुलाई जिल्ला अदालत रुकुम पश्चिमबाट १० दिनको थुना आदेश लिएर अनुसन्धान भैरहेको छ ।

सोतीगाउँकी एक मल्ल थरकी किशोरीलाई विवाह गर्न भनी जाजरकोटबाट आएका नवराज विक र उनीसँगै आएको १८ जनाको समूहमा जातीय भेदभाव गर्दै गाउँलेले आक्रमण गर्दै लखेटेर ज्यान दिएको आरोप छ । घटनाको बिषय रुकुम पश्चिम र जाजरकोट प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।